Logo

अर्थ

आज कति छ सुनचाँदीको मूल्य?



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य सामान्य बढेको छ । आज सुनकाे मूल्य ताेलामा १ सय रुपैयाँले बढेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन तोलाको १ लाख ४६ हजार ३ सयमा कारोबार भएको छ । यसअघि आइतबार सुनको मूल्य तोलाको १ लाख ४६ हजार २ सय रहेको थियो ।

त्यस्तै, आज तेजावी सुन प्रतितोला १ लाख ४५ हजार ६ सयमा खरिदबिक्री भइरहेको छ ।

त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ । चाँदी आज प्रतितोला २० रुपियाँ घटेर तोलाको १७९० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार ११:२४   :  बजे

87
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।