Logo

अर्थ

प्राधिकरणको बैठक निष्कर्षविहीन, कुलमान भन्छन्– तत्काल कुनै पनि उद्योगमा बिजुलीको लाइन जोडिँदैन



काठमाडौं । काटिएका ६ वटा उद्योगको लाइन जोड्ने विषयमा सोमबार बिहान बसेको नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठक निष्कर्षविहीन भएको छ । डेडिकेटेड र ट्रंकलाइन विवादमा प्राधिकरणले बक्यौता नतिरेको भन्दै ६ उद्योगको बिजुलीको लाइन काटेको थियो ।

प्राधिकरणका अध्यक्षसमेत रहेका ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दिपक खड्काको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकमा लाइन कसरी जोड्ने भन्ने विषयमा छलफल भयो । तर, बिजुलीको लाइन जोड्ने कुनै पनि निर्णय नभएको नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बताए ।

‘बिजुलीको लाइन काटिएको र कसरी जोड्न सकिन्छ भन्ने विषयमा सञ्चालक समितिको बैठकमा छलफल भएको हो,’ घिसिङले भने, ‘लाइन जोड्ने निर्णय भएको छैन । तत्काल कुनै पनि उद्योगमा लाइन जोडिँदैन ।’

प्रकाशित मिति : ७ श्रावण २०८१, सोमबार १४:१५   :  बजे

69
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।