काठमाडौं । एनआईसी एसिया बैंकले आफ्ना ग्राहकलाई बैंक खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न अनुरोध गरेको छ ।
ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम अर्थ मन्त्रालय र आन्तरिक राजस्व विभागद्वारा जारी गरिएको प्यान प्रणालीमा आबद्ध गर्नुपर्ने जनाउँदै बैंकले आफ्ना ग्राहकलाई प्यानमा आबद्ध हुन सूचित गरेको हो । यसका लागि ग्राहकले बैंकको पोर्टल साइट र मोबाइल बैंकिङ एपमार्फत अद्यावधिक गर्न सकिने जनाएको छ ।
यस बैंकबाट निक्षेपकर्ताको ब्याज भुक्तानी बापत काटिएको करलाई ई-टीडीएस रेकर्डमा जनाउनका लागि प्यान अत्यावश्यक रहेको बैंकले जनाएको छ ।
उक्त प्यान अद्यावधिक भएपछि ग्राहकको करकट्टीको विवरण सो प्यानमा प्रविष्ट गरिने हुँदा आयकरको प्रणालीले स्वचालित रुपमा अनुसूची-१० मा करकट्टीको विवरण मिलान गर्ने बैंकको भनाइ छ ।




















प्रतिक्रिया