काठमाडौं । नेपाल टेलिकमले विभिन्न प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको छ । टेलिकमले ग्राहक सेवा नम्बर १९८ मार्फत उच्च गतिको ‘फाइबर टु द होम’ इन्टरनेट सेवाका प्याकेजहरु परिवर्तन गर्न सकिने सुविधा थप गरेको हो ।
नेपाल टेलिकमको मोबाइल तथा टेलिफोन सेवा प्रयोगकर्ताले १९८ मा डायल गरी फाइबर टु द होम जडान अनुरोध दर्ता गर्ने देखि आफ्नो आवश्यकता अनुसारका ‘फाइबर टु द होम’ सेवाका प्याकेजहरु परिवर्तन समेत गर्न सक्ने जनाएको छ ।
यसैगरी टेलिकमले सोही ग्राहक सेवा नम्बर १९८ मार्फत आफ्ना टेलिभिजन सेवाका ग्राहकहरुका लागि आफ्नो आवश्यकता अनुसार आलाकार्टा शुल्क प्रणाली बमोजिमका बेसिक तथा प्रिमियम प्याकेज खरिद गर्न सकिने व्यवस्था गरेको छ ।
ग्राहकले १९८ डायल गरी आलाकार्टा प्रणालीका टेलिभिजन प्याकेजहरु सब्सिक्रिप्सन गर्नका साथै प्याकेज परिवर्तन पनि गर्न प्रवक्ता किशोर कुमार भट्टले जानकारी दिए ।
यस सेवा सञ्चालनसँगै ‘फाइबर टु द होम’ सेवाका प्याकेज परिवर्तनका लागि नेपाल टेलिकमको काउन्टरसम्म पुग्नुपर्ने अवस्थाको अन्त्य भई ग्राहकको समय तथा श्रमको बचत हुने विश्वास कम्पनीको रहेको छ ।




















प्रतिक्रिया