Logo

अर्थ

एकैदिन ताेलामा २४ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आज बिहीबार सुनको मूल्य  एकैदिन प्रतितोला २४ सय रुपैयाँले घटेको छ ।

आज सुनकाे मूल्य प्रतिताेला १ लाख ४५ हजार रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ ।

बुधबार सुनको कारोबार मूल्य प्रतितोला १ लाख ४७ हजार ४०० रुपैयाँ थियो । यस्तै आज तेजाबी सुनको मूल्य तोलामा १ लाख ४३ हजार ३०० रुपैयाँ कायम छ ।

‍चाँदीको मूल्य प्रतितोला ५५ रुपैयाँले घटेकाे छ । हिजो बुधबार तोलामा १८ सय ५ रुपैयाँ कायम रहेको चाँदीको मूल्य आज १७ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार ११:४४   :  बजे

183
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।