Logo

अर्थ

ग्लोबल आइएमई बैंकको सिइओमा सुरेन्द्रराज रेग्मी नियुक्त



काठमाडौं । ग्लोबल आइएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा सुरेन्द्रराज रेग्मी नियुक्ति भएका छन् ।

बिहीबार बसेको बैंक संचालक समितिको बैठकले रेग्मीलाई सिइओमा नियुक्त गर्ने निर्णय गरेको हो । उनी बैंकको सिनियर डेपुटी सिईओ (वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत) थिए । उनको कार्यकाल आगामी भदौ १ गतेदेखि लागू हुनेछ ।

हाल बैंकको प्रमुख प्रमुख कार्यकारी अधिकृत रहेका रत्नराज बज्राचार्यको कार्यकाल यही महिना सकिँदैछ । साउन मसान्तसम्म बज्राचार्य सिइओ रहने छन् ।

उनी सन् २००८ मा ग्लोबल आईएमई बैंकमा प्रवेश भएका थिए । करिब तीन दशकदेखि बैंकिङ्ग क्षेत्रमा कार्यरत रेग्मी २०६५ बैशाखमा नायव प्रबन्धक तहबाट ग्लोबल आइएमई बैंकमा प्रवेश गरेका थिए ।

बैंकिंङ क्षेत्रमा ३५ बर्ष अनुभव भएका उनले विभिन्न बैंक तथा वित्तीय संस्थामा काम गरिसकेका छन् । रेग्मीले त्रिभुवन विश्व विद्यालयबाट एमए (अर्थशास्त्र) तथा वेलायतको युनिभर्सिटि अफ वेल्सबाट एमबीए गरेका छन् ।

प्रकाशित मिति : १० श्रावण २०८१, बिहीबार १३:१७   :  बजे

54
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।