काठमाडौं । वैदेशिक रोजगार विभागले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दुःख नदिन इजाजत पत्र प्राप्त संस्थाहरू (म्यानपावर)लाई चेतावनी दिएको छ ।
म्यानपावर व्यवसायीहरूले कुनै पनि व्यक्ति वैदेशिक रोजगारीमा जानका लागि छनौट नहुँदै राहदानी लिने, वैदेशिक रोजगारीमा नपठाउने र राहदानी लिन जाँदा सेवा शुल्क माग्ने जस्ता कार्य गरेको भन्दै विभागले दुःख नदिन चेतावनी दिएको हो ।
त्यस्ता खालका गुनासाहरू विभागमा समेत आउने गरेको भन्दै वैदेशिक रोजगार ऐन, २०६४ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ । विभागका प्रवक्ता तथा सूचना अधिकारी गुरुदत्त सुवेदीले एक विज्ञप्ति जारी गर्दै कारबाहीको चेतावनी दिएका हुन् ।
त्यस्तै अभिमुखीकरण तालिम प्रदान गर्ने संस्थाहरूले समेत तोकिएको मापदण्ड बमोजिम तालिम प्रदान नगरेको गुनासो विभागमा पुग्ने गरेको छ ।






















प्रतिक्रिया