Logo

अर्थ

कामना सेवा विकास बैंकको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकका केही संस्थापक शेयरधनीहरूले आफ्नो नाममा रहेको सेयर विक्री गर्न ईच्छा राखी बैंकमा निवेदन पेश गरेअनुसार बैंकले ५१ हजार ५३४ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

उक्त शेयर हाल बैंकका विद्यमान संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउनेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र काठमाडौंको ज्ञानेश्वरस्थित बैंंकको केन्द्रीय कार्यालयमा निवेदन दिनु पर्नेछ ।

आवेदन दिँदा खरिद गर्न चाहेको सेयर कित्ता र सोको मूल्य समेत खुलाई दिनुपर्ने बैंकले जनाएको छ ।

प्रकाशित मिति : १७ श्रावण २०८१, बिहीबार ११:०९   :  बजे

27
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।