Logo

अर्थ

ग्लोबल आइएमई बैंकका २२ स्थानका शाखारहित बैंकिङ्ग सेवा बन्द



काठमाडौं । ग्लोबल आइएमई बैंकले विभिन्न जिल्लामा सञ्चालन भइरहेका शाखारहित बैंकिङ्ग सेवा बन्द गरेको छ ।

कम्पनीले आइतबार सार्वजनिक गरेको सूचनाअनुसार २२ वटा स्थानमा रहेका शाखारहित बैंकिङ्ग सेवाहरु सञ्चालक समितिको निर्णय अनुसार नेपाल राष्ट्र बैंकबाट स्वीकृति लिएर साउन १७ गतेदेखि बन्द गरेको हो ।

साथै कम्पनीले ती स्थानका ग्राहकहरुलाई नजिकैका शाखा कार्यालयहरुबाट बैंकिङ्ग सेवा नियमित गर्न पनि भनेको छ ।

प्रकाशित मिति : २० श्रावण २०८१, आईतवार ११:४१   :  बजे

138
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।