काठमाडौं । मुलकको वैदेशिक व्यापारमा सबैभन्दा बढी आयातको हिस्सा वीरगन्ज भन्सार कार्यालयले ओगटेकाे छ । भन्सार विभागका अनुसार कुल आयातको ३४.३० प्रतिशत वीरगन्ज भन्सार कार्यालयबाट हुने गरेको छ ।
त्यस्तै निर्यातको हिस्सा भने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयको रहेको छ । कुल निर्यातको २२.५४ प्रतिशत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयबाट हुने गरेको भन्सार विभागले जनाएकाे छ ।
वीरगन्जबाट ५ खर्ब ४६ अर्ब ४३ करोड ८० लाख रूपैयाँ बराबरको वस्तु आयात भएको विभागले जनाएको छ । आयातमा सुख्खा बन्दगाहको हिस्सा १२.७८ प्रतिशत छ । सुख्खा बन्दगाहबाट २ खर्ब ३ अर्ब ६३ करोड ६७ लाख रूपैयाँ बराबरको वस्तु आयात भएको विभागले जनाएको छ ।
निर्यातमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयपछि विराटनगर र विरगन्ज भन्सार कार्यालय छ । गत आर्थिक वर्ष निर्यातमा विराटनगरको २०.४४ र विरगन्जको २०.४३ प्रतिशत हिस्सा रहेको विभागको तथ्यांक छ । विराटनगर भन्सार कार्यालयबाट ३१ अर्ब १४ करोड २५ लाख २४ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको थियो ।
यस्तै वीरगन्जबाट ३१ अर्ब १३ करोड २२ लाख ७५ हजार रूपैयाँ बराबरको वस्तु निर्यात भएको विभागको तथ्यांक छ ।




















प्रतिक्रिया