यस सिजन प्रिमियर लिगमा सोचे अनुसारको प्रदर्शन गर्न नसक्दा म्यानचेस्टर युनाइटेडका प्रशिक्षक ओले गनर सोल्सायर माथि दबाव छ । यसै बेला क्लब खराब अबस्था बाट गुज्रिरहेको छ। यसै बीच युनाइटेडले प्रशिक्षक पदका लागि टोटेन्ह्यामका पूर्व प्रशिक्षक माउरिसियो पोचेटिनोलाई प्रस्ताव गरेको बेलायती अनलाइन म्यानचेस्टर इभिनिङ न्युजले जनाएको छ ।
हालसम्म ओले गनरको प्रशिक्षणमा युनाइटेडले प्रिमियर लिग र च्याम्पियन्स लिगमा गरी ९ खेल मध्ये ४ खेलमा हार बेहोरेपछि युनाइटेडले पोचेटिनोमाथि इच्छा देखाएको । उक्त न्युजका अनुसार युनाइटेडका प्रतिनिधिले पोचेटिनोको प्रतिनिधिसँग सम्पर्क गरेको हो ।
युनाइटेडले प्रिमियर लिगका खेलेहरुमा ६ मध्ये ३ खेलमा हार बेहोरेको छ भने यता च्याम्पियन्स लिग अन्तर्गत अर्को क्लब इस्तानबुल बकासेयरसँग २-१ ले पराजित भएपछि सोल्सायरको कामप्रति धेरैले असन्तुष्टि जनाएका छन् । उनले आफू क्लबको एक कामदार रहेको रअन्य क्लबहरुका स्टाफसँग मिलेर आफ्नो क्षमता अनुसार राम्रो गर्न प्रयास गर्ने बताएका थिए।
उता पोचेटिनोले पनि यसै साताको कुराकानीमा आफू प्रशिक्षक पदमा फर्कन तयार रहेको बताएका छन् । साढे पाँच वर्ष टोटेन्ह्याममा बिताएका ४८ वर्षीय पोचेटिनोले गत नोभेम्बरमा क्लब छाडेका थिए । त्यसयता उनी क्लबबिहीन रहेका छन् । यस बीचमा बार्सिलोना लगायत विभिन्न क्लबसँग उनको नाम जोडिएपनि अझै उनी कुनै क्लबमा अनुबन्ध भएका छैनन् ।
प्रतिक्रिया