काठमाडाैं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले संस्थापक सेयरधनीहरूको नाममा रहेको ४३ हजार २९९ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
उक्त सेयर विद्यमान संस्थापक सेयरधनीले मात्रै खरीद गर्न पाउने गरी बैंकले गत असार १६ गते बिक्रीमा राखेको थियो । तर तोकिएको समयभित्र संस्थापक सेयरधनीबाट सो सेयर खरीदका लागि आवेदन नपरेपछि बैंकले सर्वसाधारणले मात्रै खरीद गर्न पाउने गरी पुनः बिक्रीमा राखेको छ ।
उक्त सेयर खरीद गर्न इच्छुक व्यक्ति वा संघसंस्थाले १५ दिनभित्र काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन दिनु पर्नेछ ।




















प्रतिक्रिया