Logo

अर्थ

‘आईएमई पे’ मा रेमिट्यान्स पठाउँदा एक हजार क्यास ब्याक



काठमाडौं । नेपालको पहिलो डिजिटल वालेट ‘आईएमई पे’ ले विदेशबाट पठाएको रकम आईएमई पे वालेटबाट प्राप्त गर्दा ग्राहकलाई एक हजार रुपैयाँसम्म क्यास ब्याक दिने भएको छ ।

सेवाग्राहीले विदेशबाट आईएमई पे वालेटमा पठाएको पैसा आईएमई पे एप प्रयोगकर्ताले नेपालमा प्राप्त गर्दा एक हजार रुपैयाँसम्म क्यास ब्याक प्राप्त गर्न सक्नेछन् ।

‘आईएमई गरौं,करोडपति बनौं’ योजनालाई थप परिस्कृत गर्दै बम्परमा एक करोड र हरेक महिना एक लाख बाहेक अब हरेक कारोबारमा समेत क्यास ब्याक अफर सार्वजनिक गरिएको कम्पनीले जनाएको छ ।

आईएमई पे वालेटमा प्राप्त गरेको रकममा ब्याज प्राप्त गर्नुका साथै ग्राहकले जुनसुकै समयमा घरै बसेर सजिलै घरायसी बिल भुक्तानी गर्न, फ्लाइट टिकट खरिद गर्न, मोबाइल रिचार्ज गर्न सक्नेछन् ।

 

प्रकाशित मिति : २२ श्रावण २०८१, मंगलवार १४:०२   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।