सिद्धार्थ बैंक लिमिटेडले ‘व्यवसायीक कृषि तथा पशुपालन कर्जा’ योजना सार्वजनीक गरेको छ । बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन तथा विकासमा टेवा पुर्याउने उद्देश्यका साथ यो योजना सञ्चालनमा ल्याएको छ ।
योजनाअनुसार बैंकले कृषि तथा पशुपालन व्यवसाय प्रवर्द्धन तथा विकासका लागि १० करोड रुपैयाँ कर्जा दिनेछ । कृषि तथा पशुपन्छीजन्य क्षेत्रको व्यवसाय प्रवर्द्धन गरी देशमा उत्पादन एवंम रोजगारी अभिवृद्धि गर्ने उद्देश्यका साथ यो कर्जा सुविधा सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
त्यसैगरी, सहुलियतपूर्ण कर्जामा बैंकले आफ्नो आधार दरमा अधिकतम २ प्रतिशत प्रिमियम थप गरी ५ प्रतिशत व्याज अनुदान उपलब्ध गराउने व्यवस्था गरेको छ । यस कर्जाको अवधि १५ वर्षसम्मको हुने र व्याज अनुदान ५ वर्षसम्म प्राप्त हुने समेत बैंकले जानकारी दिएको छ ।
प्रतिक्रिया