Logo

अर्थ

हिमालय ऊर्जाको हकप्रदमा आवेदन खुल्यो



काठमाडौं । हिमालय ऊर्जा विकास कम्पनीको हकप्रद सेयर निष्कासनमा बिहीबारदेखि आवेदन खुलेको छ ।

कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्ने भएको हो । कुल ९९ लाख कित्ता हकप्रद सेयर निष्कासन हुनेछ । भदौ ५ गतेसम्म यसमा आवेदन दिन सकिने बिक्री प्रवन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङले जनाएको छ ।

असार १९ गतेसम्म कायम सेयरधनीले हकप्रद सेयर भर्न सक्नेछन् । हकप्रद सेयर निष्कासनपछि प्राप्त हुने पूँजीमध्ये सबै खर्च कटाई बाँकी रकम बैंकको दीर्घकालीन ऋणको भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।

बजारमा सूचीकृत यस कम्पनीको हाल मूल्य प्रतिकित्ता २२५ रुपैयाँ छ ।

प्रकाशित मिति : २४ श्रावण २०८१, बिहीबार १०:५८   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।