काठमाडौं । साता कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार सामान्य वृद्धि भएकाे छ । नेप्से परिसूचक ६.७ अंक बढेर २७६६ अंकमा कायम भएको छ ।
आज २० अर्ब ७ करोडको कारोबार भएको छ । ७९ कम्पनीको मूल्य बढ्दा १५९ को घट्यो भने ४ को स्थिर रहेकाे छ ।
आज ७ कम्पनीको सेयर मूल्य १० प्रतिशत बढेको छ । कर्णाली विकास बैंक, शिवम् सिमेन्ट, घोराही सिमेन्ट, मिडसोलु हाइड्रोपावर, सोनापुर सिमेन्ट, सर्वोत्तम सिमेन्ट र कुथेली बुकरी स्मल हाइड्रोपावरको मूल्य १० प्रतिशत बढेकाे हाे ।




















प्रतिक्रिया