काठमाडौं । शिवम् सिमेन्टले २५ करोड २ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५७.९ प्रतिशत घटेको छ ।
अघिल्लो वर्ष यस कम्पनीले अघिल्लो वर्ष ५९ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको बिक्री आम्दानी अघिल्लो आर्थिक वर्ष ७ अर्ब ७५ करोड रहेकोमा गत आर्थिक वर्ष ७ अर्ब ७० करोड देखिन्छ भने बिक्री लागत अघिल्लो अर्थिक वर्ष ६ अर्ब ४६ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ६७ करोड रहेको छ । अन्य आम्दानी पनि अघिल्लो आवमा ३६ करोड ३७ लाख रहेकोमा गत आवमा १९ करोड ८५ लाखमा झरेको छ ।
वित्तीय खर्च अघिल्लो आवमा ९ करोड ६६ लाख रहेकोमा गत आवमा यो ४ करोड ८९ लाखमा झरेको छ ।
नाफा घटेपछि कम्पनीको प्रतिसेयर आम्दानी वार्षिक ४ रुपैयाँ ९८ पैसामा झरेको छ । १८९ रुपैयाँ २ प्रति सेयर नेटवर्थ छ । अन्तर्राष्ट्रिय बजारमा कोइला, डिजेल लगायत सामानको मूल्यवृद्धि स्वदेशमा आर्थिक मन्दीको असर कायम रहनु र विद्युत् प्राधिकरणले विद्युत् कटौती गर्दा बिजनेसमा असर पारेको विवरणमा उल्लेख गरेको छ ।
दोस्रो बजारमा भने यस कम्पनीको मूल्य बढ्दो क्रममा देखिन्छ । बिहीबर मात्रै १० प्रतिशत मूल्य बढेको यस कम्पनीको मूल्य प्रतिकित्ता ७०१ रुपैयाँ ८० पैसा पुगेको छ ।




















प्रतिक्रिया