काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । साताको पहिलो दिन सुन तोलामा ७०० रुपैयाँले बढेको हो ।
सुनको मूल्य तोलामा १ लाख ४८ हजार ८०० रुपैयाँ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ । गत शुक्रबार भने सुनको मूल्य तोलाको १ लाख ४८ हजार १०० रुपैयाँमा कारोबार भइरहेको थियो ।
चाँदीको मूल्य १० रुपैयाँले घट्दै प्रतितोला १ हजार ७२० रुपैयाँमा कारोबार भइरहेको छ ।




















प्रतिक्रिया