Logo

अर्थ

सेयर कारोबारमा नयाँ रेकर्ड, एकैदिन २५ अर्ब ७७ करोडको किनबेच

नेप्से २८६० अंकमा



काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारमा कारोबार रकममा नयाँ रेकर्ड बनेको छ । आज कुल २५ अर्ब ७७ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । गत साउन २२ गते २३ अर्ब ७१ करोड ६८ लाख रुपैयाँको सेयर कारोबार भएर नयाँ रकेर्ड बनाएको थियो । सो कारोबार रकमलाई तोडिएकाे छ ।

कारोबार मात्रै नभई बजारको परिसूचक नेप्सेले २८०० अंक नाघेको छ । आज नेप्से परिसूचक ९४.४६ अंक बढेर २८६० अंकमा कायम भएको छ ।

२२५ कम्पनीको मूल्य बढ्दा १५ सेयर मूल्य घटेकाे छ भने २ को स्थिर रहेको छ । आज सबैभन्दा धेरै हिमालयन रिइन्स्योरन्सको सेयर कारोबार भएको छ । आज यस कम्पनीको १ अर्ब ५२ करोडको सेयर कारोबार भएको हो ।

शिवम् सिमेन्टको १ अर्ब १६ करोडको सेयर कारोबार भएको छ । निफ्राको ६८ करोड २७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै ९ कम्पनीका लगानीकर्ताले कमाएका छन् । एनएचपीसी, नेरुडे मिर्मिरे लघुवित्त, हाइड्रोइलेक्ट्रीसीटि एण्ड इन्भेष्टमेन्ट, खानीखोला हाइड्रो, आँखुखोला जलविद्युत, अपर तामाकोशी, शुभव पावर, आत्मानिर्भर लघुवित्त, मिड सोलु हाइड्रोपावर कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

आज २१ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।

आज सबैभन्दा धेरै कुथेली बुखरी हाइड्रोका लगानीकर्ताले गुमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : श्रावण २७, २०८१ आईतबार  ३ : ११ बजे

30
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।