Logo

अर्थ

युनिलिभर नेपालको नाफा ७.६ प्रतिशतले बढ्यो



काठमाडौं । नेपाल स्टक एक्स्चेन्जमा सूचीकृत सबैभन्दा मूल्यवान कम्पनी युनिलिभर नेपालको नाफा ७.६ प्रतिशत बढेको छ ।

कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा १ अर्ब ९७ करोड रुपैयाँ छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० को सोही अवधिमा कम्पनीको यस्तो नाफा १ अर्ब ८३ करोड रुपैयाँ थियो ।

कम्पनीको सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षमा ८ अर्ब ४८ करोड रहेकोमा गत आर्थिक वर्ष ८ अर्ब २३ करोडमा झरेको छ । अन्य आम्दानी भने अघिल्लो आर्थिक वर्ष १९ करोड ३६ लाख रहेकोमा गत आर्थिक वर्ष २४ करोड ७ लाख छ ।

त्यस्तै कम्पनीले अघिल्लो आर्थिक वर्षमा कुल खर्च ६ अर्ब ४३ करोड रहेकोमा गत आर्थिक वर्ष ६ अर्ब ६ करोडमा झरेको छ ।

कम्पनीको प्रतिसेयर नेटवर्थ २ हजार १४४ रुपैयाँ छ । अघिल्लो आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १ हजार ९८८ रुपैयाँ थियो । कम्पनीको प्रतिसेयर नेटवर्थ ५ हजार २८५ रुपैयाँ छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार १०:४७   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।