Logo

अर्थ

नबिल बैंकको नबिल एसएसई फेलोसिपमा आवेदन खुला



काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसिएल इन्टरप्रेनरसिप फेलोसिप कार्यक्रम-२०२४ का लागि आवेदन खुला गरेको छ । तेस्रो ब्याचको सफलतापछि बैंकले चौथो ब्याचको कार्यक्रमका लागि आवेदन माग गरेको जनाएको छ ।

सामाजिक परिवर्तनका लागि नवीनतम सोच भएका १८ वर्षभन्दा माथिका नेपाली नागरिकले १४ भदौसम्म आवेदन दिन सक्नेछन् ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकाय अन्तर्गत स्कुल अफ म्यानेजमेन्ट त्रिभुवन विश्वविद्यालयसँगको सहकार्यमा सञ्चालित यस कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याई दिगो विकासको लक्ष्य हासिल गर्न मद्दत गर्ने बैंकको विश्वास छ ।

बैंकले कृषि, पर्यटन, ऊर्जा, वातावरण संरक्षण, र सूचना प्रविधि लगायत कुनै पनि क्षेत्रमा नवीनतम सोच भएका र उद्यम गर्न चाहिने सिप तथा तालिमको खोजीमा रहेका उद्यमीलाई निःशुल्क तालिमका लागि आवेदन खुला गरेको हो ।

इच्छुक व्यक्तिहरूले बैंकको आधिकारिक वेबसाइटमा उपलब्ध फारम भरेर वा क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सक्ने छन् । यो कार्यक्रम बैंकको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सञ्चालन भइरहेको छ ।

यो कार्यक्रम नबिल बैंक र त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा ६ महिनासम्म चल्नेछ ।

तालिमपछि, उनीहरूले आफ्नो उद्यमको प्रकृतिअनुसार विज्ञहरूको सहयोगमा व्यावहारिक चुनौतीहरूको समाधानका लागि आवश्यक सहयोग प्राप्त गर्नेछन् । यसले दीर्घकालीन सफलता प्राप्त गर्न मद्दत गर्ने बैंकले विश्वास लिएको छ ।

 

प्रकाशित मिति : श्रावण २९, २०८१ मंगलबार  ११ : ५२ बजे

78
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।