Logo

अर्थ

मध्य भोटेकोशीको प्रतिसेयर आम्दानी पनि नोक्सानीमा



काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म २ करोड ८ लाख ५७ हजार रुपैयाँ खुद नोक्सानी व्यहोरेको छ ।

अघिल्लो वर्षको यसैअवधिमा यो कम्पनी ४ करोड ६६ लाख रुपैयाँ घाटामा थियो । वित्तीय खर्च कम हुँदा यसको नोक्सानी घटेको हो । उक्त खर्च ३ करोड ७० लाखबाट घटेर २ करोड ६० लाख रुपैयाँमा झरेको छ ।

६ अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको मध्ये भोटेकोशीको रिटेन्ड अर्निङ ४१ करोड ४२ लाख रुपैयाँले ऋणात्मक छ । यसको प्रतिसेयर आम्दानी ०.३५ रुपैयाँ नोक्सानीमा छ । प्रतिसेयर नेटवर्थ ९३.१० रुपैयाँ रहेको छ ।

प्रकाशित मिति : २९ श्रावण २०८१, मंगलवार १२:२४   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।