काठमाडौं । मुक्तिनाथ विकास बैंक र महिला उद्यमी महासंघ नेपालबीच महासंघसँग आवद्ध घरेलु तथा साना उद्योगलाई कर्जा प्रवाह गर्ने सम्झौता भएको छ ।
एक समारोहकाबीच बैंक र महासंघले सोमबार गरेको उक्त सम्झौताले घरेलु तथा साना उद्योग क्षेत्रको आर्थिक विकास एवं वित्तीय तथा व्यावसायिक शिक्षामा योगदान पुर्याउने उद्देश्य लिएको जनाएको छ ।
बैंकका सहायक नायब प्रमुख कार्यकारी अधिकृत तिलबहादुर गुरुङ र महासंघकी अध्यक्ष शोभा ज्ञवालीले हस्ताक्षर गरे ।
सम्झौताबमोजिम आगामी दिनमा महासंघका ६७ जिल्ला च्याप्टरमा आबद्ध घरेलु तथा साना उद्योगीलाई बैंकले व्यवसाय तथा त्यसको सम्भाव्यतालाई मुख्य आधार मानी सर्वसुलभ ब्याजदरमा कर्जा लगानी गर्नेछ ।
प्रतिक्रिया