Logo

अर्थ

कुमारी बैंकका ग्राहकले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकमा १० प्रतिशतसम्म छुट पाउने



काठमाडौं । कुमारी बैंक लिमिटेड र नयाँ बानेश्वर, काठमाडौंस्थित नव डर्मा स्किन एण्ड लेजर एस्थेटिक प्रा.लिबीच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।

यससम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरुले नव डर्मा स्किन एण्ड लेजर एस्थेटिकको नयाँ वानेश्वर–काठमाडौं र कौशलटार–भक्तपुरस्थित सेवाकेन्द्रबाट सेवा लिए बापत कुमारी बैंकको डेबिट/क्रेडिट कार्ड अथवा क्यूआरबाट भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।

विगत २३ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिँदै आएको कुमारी बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१४ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५९ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति : श्रावण ३०, २०८१ बुधबार  ४ : ०८ बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।