Logo

अर्थ

जीवन विकास लघुवित्तको संस्थापक सेयर बिक्रीमा



काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले संस्थापक सेयर बिक्रीमा राखेको छ । लघुवित्तले विभिन्न संस्थापक सेयरधनीको स्वामित्वमा रहेको कुल ७ लाख ७ हजार ५०० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।

सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आजका मिति (साउन ३१)ले ३५ दिनभित्र आवश्यक कागजातसहित के-कति कित्ता सेयर खरिद गर्न चाहेको हो सोको संख्यासमेत उल्लेख गरी लघुवित्तको केन्द्रीय कार्याल्य कटारी–२ मोरङमा निवदेन दिनुपर्नेछ ।

साथै, ३५ दिनभित्र खरिद निवेदन प्राप्त नभएको सो सेयर अन्य व्यक्ति वा संस्थालाई बिक्री गरिने प्रक्रिया अघि बढाइने पनि लघुवित्तले जनाएको छ ।

 

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १०:१०   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।