काठमाडौं । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेकाे छ । सार्वजनिक विवरणअनुसार कम्पनीको खुद नोक्सानी ४६ करोड ९२ लाख रुपैयाँ छ ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा कम्पनी २ करोड ६२ लाख रुपैयाँ नाफामा थियो । कम्पनीको सञ्चालन आम्दानी ५ प्रतिशत घटेको । बिक्री लागत बढेकाले नोक्सानी देखिएको हो ।
सञ्चालन आम्दानी अघिल्लो आर्थिक वर्षमा १ अर्ब ७३ करोड रुपैयाँ रहेकोमा गत आर्थिक वर्ष १ अर्ब ६३ करोड रुपैयाँ छ । तर बिक्री लागत अघिल्लो आवमा १ अर्ब ३१ करोड रहेकोमा गत आवमा १ अर्ब ५५ करोड छ ।
कम्पनीको प्रतिसेयर आम्दानी १५ रुपैयाँ २६ पैसा ऋणात्मक छ । प्रतिसेयर नेटवर्थ १६३ रुपैयाँ २४ पैसा छ । बुधबार बजार बन्द हुँदा यस कम्पनीको मूल्य प्रतिकित्ता ५९९ रुपैयाँ छ ।




















प्रतिक्रिया