काठमाडौं । पूर्वाधार विकास बैंक (निफ्रा)को प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा कृष्णबहादुर अधिकारी नियुक्त भएका छन् ।
कम्पनीको गत साउन ३० गते बसेको सञ्चालक समितिको बैठकले भदौ २ गतेदेखि लागू हुने गरी उनलाई सीईओ पदमा नियुक्त गर्ने निर्णय गरेको हो ।
अधिकारी नेपाल बैंकका पूर्व सीईओ हुन् ।
हाल निफ्राको कार्यवाहक प्रमुख कार्यकारी अधिकृतको रूपमा सूर्यबहादुर तामाङले जिम्मेवारी सम्हाल्दै आएका छन् ।
प्रतिक्रिया