काठमाडौं । नागरिक लगानी कोषले ऋण सापटी लिन चाहने बचतकर्तालाई अनलाइनबाटै सेवा दिन सुरु गरेको छ ।
कोषले ऋण सापटीका लागि फर्म भर्नुपर्ने र त्यसलाई भौतिक रुपमा नै पेश गर्नुपर्ने व्यवस्था परिवर्तन गरी अनलाइन सेवा सुरु गरेको हो ।
नागरिक लगानी कोषमा बचत गरेका बचतकर्ताले २ वर्षदेखि नियमित बचत गरेमा कुल बचतको ८० प्रतिशत रकमसम्म ऋण पाउने जनाएको छ ।
त्यसका लागि कोषले अनलाइनमा उपलब्ध फर्म भर्नुपर्ने व्यवस्था गरेको जनाएको छ ।




















प्रतिक्रिया