Logo

अर्थ

सानिमा बैंकका ग्राहकलाई रिभर साइड स्प्रिङ्समा छुट



काठमाडौं । सानिमा बैंक र रिभर साइड स्प्रिङ्स रिसोर्टबीच छुट प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा १० प्रतिशतसम्म छुट पाउनेछन् ।

बैंकले आफ्ना ग्राहकलाई डिजिटल बैंकिङमार्फत भुक्तानी प्रोत्साहन गर्न उक्त सम्झौता गरेको जनाएको छ ।

ग्राहकले सानिमा भिसा डेबिट तथा क्रेडिट कार्ड र सानिमा मोबाइल बैंकिङ एप प्रयोग गरी डिजिटल भुक्तानी गर्दा रिसोर्टमा उक्त छुट बैंकले जानकारी दिएको छ ।

सानिमा बैंकको देशको सातै प्रदेशमा १३३ वटा कार्यालयहरु तथा १२४ वटा ए.टि.एमहरु संचालनमा रहेका छन् ।

प्रकाशित मिति : ३१ श्रावण २०८१, बिहीबार १३:५३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।