काठमाडौं । वाणिज्य बैंकहरूले आगामी भदौ महिनाका लागि पनि निक्षेपको ब्याजदर थप घटाएका छन् । २० वाणिज्य बैंकहरुले सार्वजनिक गरेको ब्याजदर सूचनाअनुसार भदौ १ गतेदेखि लागू हुने गरी निक्षेपको ब्याजदर घटेको हो ।
१२ बैंकको ब्याजदर घटेको छ भने ७ बैंकले स्थिर राखेका छन् भने १ बैंकले ब्याजदर बढाएको छ ।
प्राइम कमर्सियल बैंकले भदौ महिनाका लागि व्यक्तिगतको बढाएको छ ।
बैंकले व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.७५ प्रतिशत र संस्थागततर्फ ४.७५ प्रतिशत ब्याजदर निर्धारण गरेको छ । बैंकले साउन महिनाका लागि व्यक्तिगत मुद्दती निक्षेपतर्फ अधिकतम ६.५० प्रतिशत र संस्थागततर्फ ५.५० प्रतिशत ब्याजदर प्रदान गरेको थियो ।




















प्रतिक्रिया