काठमाडौं । धितोपत्र सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधि सभामा दर्ता भएको छ ।
अर्थमन्त्री विष्णुप्रसाद पौडेलले हालै यो विधेयक प्रतिनिधि सभामा दर्ता गरेका हुन् ।
अर्थमन्त्री पौडेलका अनुसार पुँजी परिचालन तथा पुँजी बजारको विकास, लगानीकताएको हित, संरक्षण एवं नियमन लगायतका कार्यको लागि विधेयक ल्याइएको हो ।
नियामक निकायको रुपमा धितोपत्र ऐन २०६३ बमोजिम स्थापित नेपाल धितोपत्र बोर्डले संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारलाई व्यवस्थित र नियमन लगायतका कार्य गर्दै आइरहेको छ ।
विधेयक ल्याउनुपर्नाको कारणबारे अर्थमन्त्री पौडेलले भनेका छन्, ‘धितोपत्र निष्कासन र व्यवस्थित कारोबार तथा धितोपत्र बजारको प्रभावकारी नियमन गर्न विद्यमान कानुनी व्यवस्थालाई समसामयिक संशोधन गर्न आवश्यक भएकोले … ।’
त्यस्तै प्राइभेट इक्विटी तथा भेन्चर क्यापिटल सञ्चालनका लागि निवेदन दिनुपर्ने, बोर्डले निवेदनपछि स्वीकृत तथा दिन वा इन्कार गर्न सक्ने व्यवस्थाहरू समेटिएको छ ।
त्यस्तै सेयरको भित्री कारोबार गर्नेलाई हुने दण्ड सजाय बढाइएको छ । हाल यस्तो कारोबारमा दोषी ठहरिएमा बिगो बमोजिम जरिबाना वा एक एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ । यो सजाय व्यवस्था नयाँ विधेयकमा बढाएर ३ वर्ष पुर्याइएको छ ।




















प्रतिक्रिया