Logo

अर्थ

प्ले स्टोरमा १ करोडभन्दा धेरैपटक डाउनलोड हुने पहिलो डिजिटल वालेट बन्यो इसेवा



काठमाडौं । नेपालको पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी ईसेवा गुगल प्ले स्टोरमा १ करोडभन्दा बढी पटक डाउनलोड भएको छ । कम्पनीले यो उपलब्धि हासिल गर्ने नेपालको पहिलो डिजिटल वालेट ईसेवा भएको दाबी गरेको छ ।

ईसेवाले १ करोड डाउनलोडलाई ‘खुसीका एक करोड पलहरू’ भनेर मनाएको छ ।

नगदरहित अर्थतन्त्रको परिकल्पना गर्दै सन् २००९ मा बेटा भर्जन रिलिज गरी २०१० जनवरी २५ बाट सेवा सुरू गरेको इसेवाले यो अवधिमा नगदरहित (क्यासलेस) अर्थतन्त्र निर्माणको बाटोमा महत्त्वपूर्ण योगदान पुर्‍याएको छ।

इसेवाले नेपालका सुविधा सम्पन्न क्षेत्रदेखि विकट वस्तीहरूमा हुने आर्थिक कारोबारलाई डिजिटल माध्यम मार्फत धेरै सहजता ल्याएको छ ।

हाल नेपालको ७७ वटै जिल्लामा पहुँच भएको ईसेवासँग एक करोडभन्दा बढी दर्ता भएका ग्राहक, दुई लाख ५० हजारभन्दा बढी एजेन्ट, ४९ बैंक, ४५ लघुवित्त र तीन लाख ५० हजारभन्दा बढी मर्चेन्ट आबद्ध रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काले एक करोड डाउनलोड गरी इसेवालाई माया गर्ने प्रयोगकर्ता, ग्राहक, एजेन्ट तथा मर्चेन्टहरू सम्पूर्णका धन्यवाद व्यक्त गरे ।

प्रकाशित मिति : २ भाद्र २०८१, आईतवार १७:०४   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।