काठमाडौं । सूचीकृत संस्थाको पदाधिकारी नेपाल धितोपत्र बोर्डको अध्यक्ष बन्न नपाउने व्यवस्था हुन लागिको हो ।
गत साता संघीय संसद्को प्रतिनिधिसभामा दर्ता भएको ‘धितोपत्रसम्बन्धी ऐन ०६३’ लाई संशोधन गर्न बनेको विधेयकमा बोर्ड सञ्चालक समितिमा यस्तो व्यवस्था प्रस्ताव गरिएको हो ।
विधेयकमा बोर्ड अध्यक्ष तथा सञ्चालकको अयोग्यतासम्बन्धी व्यवस्थामा ‘कुनै विदेशी मुलुकको नागरिकता वा स्थायी आवासीय अनुमतिपत्रप्राप्त गरेको व्यक्ति, कालोसूचीमा परेको व्यक्ति र ६५ वर्ष उमेर पूरा गरेको व्यक्ति,’ थप गर्नुपर्ने प्रस्ताव विधेयकमा छ ।




















प्रतिक्रिया