Logo

अर्थ

नाडा अटो शोमा ‘केइ’ले तीन वटा मोडेल सार्वजनिक गर्ने, नयाँ मोडेलका गाडी पहिचान गर्नेलाई पुरस्कार



काठमाडौं । आगामी ११ भदौदेखि सुरु हुने ‘नाडा अटो शो’ मा लक्ष्मी ई मोबिलिटीले ‘केई’ का तीन वटा नयाँ मोडेलका गाडी सार्वजनिक गर्ने भएको छ ।

नाडा अटोमोबाइल्स एसोसिएसन अफ नेपालले भृकुटीमण्डपमा ११-१६ भदौसम्म नाडा अटो शो सञ्चालन गर्दैछ । जहाँ ५५ ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने छन् ।

नेपालका लागि केई अटोमोबाइल्सको आधिकारिक विक्रेता लक्ष्मी ई मोबिलिटीले नाडा अटो शोमा ती गाडीहरू सार्वजनिक गर्ने भएको हो ।

नाडामा सार्वजनिक हुने ती तीन वटा गाडीका मोडेलको सही नाम बताउने व्यक्तिलाई पुरस्कार दिने घोषणा कम्पनीले गरेको छ ।

जसका लागि कम्पनीले केई नेपालको आधिकारिक फेसबुक तथा इन्स्टाग्राम पेजमार्फत क्याम्पेन सुरु गरेको छ । कम्पनीको पेजमा सोधिएका प्रश्नको उत्तर सहभागीहरूले दिन सक्ने छन् ।

सहभागी मध्यबाट सबै तीन मोडेलहरूको सही पहिचान गरी उत्तरदिने एक जना भाग्यशाली विजेताले जर्मन प्रतिष्ठित ब्रान्ड बोसको मिक्सर ग्राइण्डर प्राप्त गर्न सक्नेछन् । केइ नेपालको सोसियल मीडिया फोलोवर्स र फेन्सहरुले यस रमाइलो क्याम्पेनमा अनुमान गरि भाग्यशाली विजेता बन्न सक्नेछन् ।

यो क्याम्पेन भाद्र १० गतेसम्म चल्ने बताइएको छ ।

नाडा अटो शोको स्टल नम्बर एच-१६ मा केई ब्रान्डका गाडीहरू प्रदर्शनीमा राखिने र जहाँबाट गाडीका बारेमा सहभागीहरूले जानकारी लिन सक्ने कम्पनीले जनाएको छ ।

 

प्रकाशित मिति : ४ भाद्र २०८१, मंगलवार १४:५६   :  बजे

24
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।