Logo

अर्थ

मातृभूमि लघुवित्तको सीईओमा शर्मा नियुक्त



काठमाडाैं । मातृभूमि लघुवित्त वित्तीय संस्थाले प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा लक्ष्मीप्रसाद शर्मालाई नियुक्त गरेको छ ।

कम्पनीको गत भदौ २ गते बसेको सञ्चालक समितिको १४७औं बैठकले रिक्त रहेको सीईओ पदमा शर्मालाई आगामी चार वर्षका लागि भदौ ५ गतेदेखि लागू हुने गरि नियुक्त गर्ने निर्णय गरेको हो ।

कम्पनीले यसअघि कायम मुकायम सीईओमा अशोक कुमार आचार्यलाई जिम्मेवारी दिएको थियो ।

प्रकाशित मिति : ५ भाद्र २०८१, बुधबार ११:४२   :  बजे

15
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।