काठमाडाैं । ‘नेपाल स्टार्टअप नेसन सम्मेलन–२०३०’ सम्पन्न भएको छ ।
नेपालमै उद्योग स्थापनासँगै व्यापार–व्यवसाय गरी आत्मनिर्भर हुन खोजिरहेकालाई प्रोत्साहन गर्ने उद्देश्यसाथ नेपाल उद्योग वाणिज्य महासंघ, विश्वविद्यालय अनुदान आयोग र सरकारको संयुक्त आयोजनामा आयोजित दुई दिने सम्मेलन मंगलबार सम्पन्न भएको हो ।
सम्मेलनमा बोल्दै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र हेर्ने डेढ दर्जन निकाय रहेको सन्दर्भमा थप नियामक थप्न नहुने बताएका छन् ।
साथै उनले उद्यमशीलता विकास गर्नुपर्ने बेलामा निजी क्षेत्रलाई निरुत्साहित गर्न नुहने पनि बताए ।
सरकारले भ्रष्टाचार नियन्त्रणसम्बन्धी विभिन्न कानून संशोधन गर्न बनाइएका विधेयकमा निजीक्षेत्रमा हुने भ्रष्टाचारलाई पनि समेट्ने प्रयास गरेपछि उद्यमी व्यवसायीको तर्फबाट केहि दिनअघि मात्र सम्बन्धित मन्त्री तथा सांसदहरूलाई भेटेर ध्यानाकर्षण गराएको पनि बताए ।




















प्रतिक्रिया