काठमाडाैं । सीजी मोटर्सले नेपालमा विद्युतीय सवारी (ईभी) ब्रान्ड नेटाको भी मोडलको बिक्री ८०० युनिट नाघेको जनाएको छ ।
छोटो समयमै नेपालमा ८०० भन्दा बढी नेटा भी बिक्री भएको हो ।
कम्पनीका अनुसार उच्च प्रस्तुति, विश्वासिलो र वातावरणमैत्रीजस्ता विशेषताले नेटा भीलाई ग्राहकले बढी रुचाएका हुन्।
कम्पनीले नेटा भी नेपाली बजारमा गेम चेन्जर बनेको दाबी गरेको छ । ४०.७ केडब्लु ब्याट्री, ५० केडब्लुको मोटर रहेका कम्पनीले जनाएकाे छ । यसले १२० एनएम टर्क जेनरेट गर्ने कम्पनीले उल्लेख गरेको छ । २० मिनेट चार्ज गर्दा ३० प्रतिशतबाट ८० प्रतिशतसम्म ब्याट्री चार्ज हुन्छ । सिंगल चार्जमा ३८० किमि रेन्ज दिने नेटा भी किन्दा ८ वर्ष वा डेढ लाख किमिको वारेन्टी पाइन्छ ।

नेटा होजोन अटोअन्तर्गतको कम्पनी हो । नेटा भी चीन, थाइल्यान्ड, इन्डोनेसिया, मलेसिया, म्यानमार, ब्राजिल, टर्की, स्पेनजस्ता देशमा पुगिसकेको छ ।
सीजी मोटर्सले नाडा अटो शोमा नेटाको नयाँ मोड नेटा एक्स सार्वजनिक गर्ने भएको छ । कम्पनीले नेटाका विशेषताले यो नेपाली बजारमा विशेष स्थान बनाउँदै गएको बताएको छ ।




















प्रतिक्रिया