Logo

टिप्पणी

खुम्चिदै गएपछि नयाँ सहयोगी खोज्दै दाहाल



काठमाडौं । सधै उथल–पुथल गराएर सत्तामा निरन्तर रमाउँदै आएका पुष्पकमल दाहाल प्रचण्डले खिईदै गएको आफ्नो पार्टी संगठनलाई जोगाउन नयाँ सहयोगीको खोजी शुरु गरेका छन् ।

वर्तमान अवस्थामा कांग्रेस–एमालेले आफूलाई सत्तामा ढल्किन पनि नदिने बुझेका दाहालले कम्युनिष्ट विचारसँग जोडिएका माधवकुमार नेपाल र नेत्र विक्रम चन्दलाई पार्टी एकताका लागि प्रयास शुरु गरेका छन् ।

गएको एक साता भित्र दाहालले माधवकुमार नेपाल र विप्पल अर्थात् नेत्र विक्रम चन्दसँग तारन्तार भेटेर पार्टी एकताको प्रस्ताव गरिसकेका छन् ।

उनले राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिले वाम विचारप्रति प्रतिबद्ध रहेकाहरुबीच वाम एकता आवश्यक भएको भन्दै नेपाल र चन्दसँग पार्टी एकताको प्रयास थालेका हुन् ।

उनले कांग्रेस–एमालेको घमण्डलाई ठेगान लगाउन पनि सदन र सडकमा बलियो शक्ति चाहने भन्दै यस्तो पार्टी बनाउन आफूहरुबीच एकताको आवश्यक रहेको दाहालले नेपाल र चन्दसँग भनेका छन् ।

जवाफमा नेपाल र चन्दले तत्काल समाजवादी मोर्चामार्फत सहकार्य गर्ने हो, वाम एकताका लागि बृहत् छलफल, बृहत् सहमति हुनुपर्छ भनेका चर्चा साप्ताहिकमा उल्लेख छ ।

सैद्धान्तिक रुपमा वाम एकताका निम्ति कसैको विरोध नभएको तर त्यसका निम्ति प्रयाप्त छलफल हुनुपर्छ उनीहरुले दाहाललाई जवाफ दिएका हुन् ।

सत्ताबाट प्रतिपक्षमा पुगेपछि संसदमा अत्यन्त कमजोर बन्न पुगेका दाहालले माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीका दस सांसद र राष्ट्रियसभाका आठ सांसदलाई समेटेर आफू बलियो हुने प्रयास माओवादी अध्यक्ष दाहालको भित्री मनको मनसाय बुझेका नेपाल सजिलै उनको प्रयासमा सहभागी हुने देखिन्न ।

सत्ताबाट प्रतिपक्षमा पुग्दा दाहालका निम्ति यता उतिको खेल खेलेर सत्ता राजनीतिमा उथल–पुथल ल्याउन सक्ने कमजोर भएको वास्तविकता बुझेका कारण उनी यति बेला माधवकुमारलाई फकाउन मरिहत्ते गरेर लागेका हुन् ।

प्रकाशित मिति : ६ भाद्र २०८१, बिहीबार ०८:५३   :  बजे

63
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।