Logo

अर्थ

घट्यो सुनको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार?



काठमाडाैं । नेपाली बजार आज पनि सुनको मूल्य घटेको छ । सुनको मूल्य आज ५ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५१ हजार ४ सय रुपैयाँ कायम भएको छ ।

अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ५१ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । चाँदीको मूल्य १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ८१५ रुपैयाँमा कारोबार भईरहेको छ ।

प्रकाशित मिति : ७ भाद्र २०८१, शुक्रबार १०:४७   :  बजे

117
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।