काठमाडौं । आइपीओ निष्कासन तयारीमा रहेको श्री डिष्टिलरी लिमिटेडले सन् २०२४ मा १८ करोड १० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । यो सन् २०२३ को भन्दा १२०.७३ प्रतिशत धेरै हो ।
सन् २०२३ मा यसले ८ करोड २० लाख र सन् २०२२ मा ३० लाख रुपैयाँ व्यापार गरेको रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले जनाएको छ ।
अप्रिल ६, सन् १९८६ मा स्थापना भएको श्री डिस्टिलरी सन् २०२२ को जुलाईमा पब्लिक लिमिटेड कम्पनीमा परिणत भएकाे थियाे । यो अरुणखोला, नवलपुरमा अवस्थित छ ।
कम्पनीसँग ४८ लाख ६० हजार लिटरको कुल स्थापित उत्पादन क्षमता छ । यस कम्पनीले गत असार ११ गते आइपीओ प्रस्तावसहित विशेष साधारणसभा बोलाएको थियो ।




















प्रतिक्रिया