काठमाडाैं । सांग्रिला डेभलपमेन्ट बैंकले २ लाख कित्ता बढी संस्थापक सेयर बिक्रीमा राखेको छ ।
बैंकले विभिन्न संस्थापक सेयरधनीहरुको स्वामित्वमा रहेको २ लाख १५ हजार ३५५ कित्ता संस्थापक सेयर बिक्रीमा राखेको हो ।
यसमध्ये बैंकले १ लाख ३९ हजार ६८३ कित्ता सेयर संस्थापक सेयरधनीहरुका लागि र ७५ हजार ६७२ कित्ता सेयर सर्वसाधारण वा अन्य कम्पनी तथा संस्थाका लागि बिक्रीमा राखेको हो ।
संस्थापक सेयरधनीका लागि बिक्रीमा राखिएको सेयरका लागि सूचना प्रकाशित भएको ३५ दिनभित्र र सर्वसाधारणका लागि राखिएको सेयरका लागि सूचना प्रकाशित भएको १५ दिनभित्र आवेदन दिनुपर्नेछ ।




















प्रतिक्रिया