काठमाडौं । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिपको सेमिफाइनलको समीकरण पुरा भएको छ । शुक्रबार सम्पन्न समूह चरणका खेल सकिएपछि सेमिफाइनलको समीकरण पुरा भएको हो ।
समूह चरणको अन्तिम खेलमा आज समूह बी मा भारतले माल्दिभ्सलाई १-० गोल अन्तरले पराजित गरेको छ ।
यो जितपछि भारत समूह बिजेता हुदै सेमिफाइनलमा पुगेको छ भने भुटान उपविजेता हुदै सेमिफाइनलमा पुगेको छ । त्यस्तै श्रीलंका र माल्दिभ्स भने प्रतियोगिताबाट बाहिरिएका छन् ।
अब सेमिफाइनलमा नेपालले भुटानको सामना गर्ने छ र यो खेल आइतबार हुने छ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र बंगलादेश खेल्ने छन् । दोस्रो सेमिफाइनल सोमबार हुने छ ।
प्रतियोगिताको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।




















प्रतिक्रिया