Logo

खेलकुद

पारसले गुजरातबाट लिजेन्ड्स लिग खेल्ने



काठमाडौं । भारतमा हुने लेजेण्ड्स क्रिकेट लिगमा नेपालका क्रिकेटर पारस खड्काले गुजरात टिमबाट खेल्ने भएका छन् ।

बिहीबार भएको अक्सनमा उनलाई गुजरात टिमले साढे १२ लाख भारुको बोली लगाएको हो ।

सक्रिय खेल जीवनबाट अवकाश लिएका खेलाडीहरुले खेल्ने लिजेण्ड्स क्रिकेट लिगमा चारवटा फ्रेन्चाइज क्लबहरु छन् ।

जसमा इन्डिया क्यापिटल्स, गुजरात जाइन्टस्, भिलवारा किंग्स र मणिपाल टाइगर्स रहेका छन् ।

यो प्रतियोगिता आगामी नोभेम्बर र डिसेम्बरमा सञ्चालन हुनेछ ।

प्रकाशित मिति : १३ भाद्र २०८१, बिहीबार १४:५१   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।