काठमाडौं । अघिल्लो दिन हालसम्मकै उच्च मूल्य रेकर्ड बनाएको सुनको मूल्य शुक्रबार सामान्य घटेको छ । आज सुन तोलामा ३ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
सुनको मूल्य शुक्रबार १ लाख ५२ हजार ९ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन प्रतितोला १ लाख ५३ हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै चाँदीको मूल्य तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८३० रुपैयाँ रहेको चाँदी शुक्रबार १८२० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।




















प्रतिक्रिया