Logo

अर्थ

साहस उर्जाको लक इन असोज १६ गते सकिँदै



काठमाडौं । साहस उर्जा लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि असोज १६ गते सकिने भएको छ ।

लक इन अवधि सकिएपछि संस्थापक सेयरधनी, स्थानीय बासिन्दा र कर्मचारीले होल्ड गरेको सेयर कारोबारका लागि योग्य हुनेछ ।

कम्पनीले सर्वसाधारणलाई २०७८ असोज १७ गते सेयर बाँडफाँट गरेको थियो । कम्पनीको २ करोड ४५ लाख कित्ता संस्थापक सेयर, ३५ लाख कित्ता स्थानीयको सेयर र २ लाख १० हजार कित्ता कर्मचारीको सेयर लक इन रहेको छ ।

प्रकाशित मिति : १४ भाद्र २०८१, शुक्रबार १३:१९   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।