काठमाडौं । आइतबार सुनको मूल्य तोलामा ६ सय रुपैयाँ घटेको छ ।
आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ३ सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ५२ हजार ९ सय रुपैयाँ थियो ।
त्यस्तै, चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १८२० रुपैयाँ रहेको चाँदी आज १७९५ रुपैयाँमा कायम भएकाे छ ।




















प्रतिक्रिया