Logo

अर्थ

एनएमबि बैंकले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने



काठमाडौं । एनएमबि बैंक लिमिटेडले अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी गर्ने घोषणा गरेको छ ।

बैंकको भदौ १४ गते बसेको सञ्चालक समिति बैठकले १०० रुपैयाँका दरले ३ करोड इकाई अग्राधिकार सेयर जारी गर्ने निर्णय गरेको हो । यसमा ८.२५ प्रतिशत लाभांश प्राप्त गर्न सकिने बैंकले जनाएकाे छ ।

एनएमबि बैंकले नेपाल राष्ट्र बैंकको स्वीकृति पश्चात उक्त सेयर जारी गर्नेछ ।

प्रकाशित मिति : १६ भाद्र २०८१, आईतवार ११:३३   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।