काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ८१ हजार ५७० कित्ता संस्थापक सेयर विक्रीमा ल्याएको छ ।
कम्पनीले विद्यमान संस्थापक शेयरधनीहरूले मात्र पाउने गरी यी सेयर विक्रीमा ल्याएको हो । इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले आगामी ३५ दिनभित्र आवेदन पेश गर्नुपर्नेछ ।
आवेदन कम्पनीको केन्द्रिय कार्यालय नक्साल, काठमाडौंमा पेश गर्नुपर्ने कम्पनीले जनाएकाे छ ।
तोकिएको अवधिभित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट आवेदन प्राप्त नभएमा भने अन्य व्यक्ति तथा संस्थामा यी सेयर बिक्री गरिने कम्पनीले जनाएकाे छ ।
कम्पनीले राजेश्वर श्रेष्ठको नाममा रहेको ४० हजार कित्ता र पान बहादुर गुरुङको नाममा रहेको ४१ हजार ५७० कित्ता सेयर बिक्री गर्न लागेको हो ।




















प्रतिक्रिया