काठमाडौं । आइतबार सेयर बजार ५३.६३ अंकले घटेको छ । सो अंकको गिरावटपछि नेप्से परिसूचक २६९५. ९३ अंकमा कायम भएको हाे ।
आज १० अर्ब ५१ करोडमा कारोबार खुम्चिएकाे छ । आज कुल ३१ कम्पनीको सेयर मूल्य बढ्दा २०९ को घट्यो भने ४ को स्थिर रहेकाे छ । म्युचुअल फन्डबाहेक सबै क्षेत्रगत सूचक घटेका छन् ।
आज सबैभन्दा धेरै गुडविल फाइनान्सको सेयर कारोबार भएको छ । कम्पनीको ५२ करोड ३१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । हिमालयन रिइन्स्योरेन्सको ३३ करोड ४३ लाख रुपैयााको सेयर कारोबार भएको छ ।
आज सबैभन्दा धेरै सुपर माई हाइड्रोपावर कम्पनीका लगानीकर्ताले कमाएका छन् । आज यस कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।
आज सबैभन्दा धेरै पिपुल्स हाइड्रोपावर र माइखोला हाइड्रोपावरका लगानीकर्ताले गुमाएका छन् । आज यी दुई कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले गुमाएका हुन् ।




















प्रतिक्रिया