काठमाडौं । नबिल बैंक लिमिटेड विशेष साधारणसभा आज अर्थात् भदौ १७ गते बस्दै छ ।
साउन २७ गते आइतबार बैंकको केन्द्रिय कार्यालयमा बसेको नबिल बैंकको सञ्चालक समितिको ६६२औं बैठकले आज विशेष साधारणसभा गर्ने निर्णय गरेको हो ।
विशेष साधारण सभामा ‘नबिल ८प्रतिशत अविमोच्य असञ्चिति अग्राधिकार सेयर’ जारी गर्ने एजेन्डा छ ।
यस्तै, अधिकृत र जारी तथा चुक्ता पूँजी वृद्धि गर्नुका साथै प्रबन्धपत्र र नियमावलीको आवश्यक संशोधन लगायतका एजेन्डाका विषयहरुमा सेयरधनीबीच छलफल गरी निर्णय गर्नेछ ।
सभा प्रयोजनका लागि बैंकले भदौ ७ गते बुक क्लोज गरेको छ ।




















प्रतिक्रिया